चौमाला– नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ (क) को नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न भएको छ । बुधबार एक औपचारीक कार्यक्रमका बिच नवनिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको हो ।
क्षेत्र नं. ४ (क) का सभापति हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवाल रहेका थिए भने विशिष्ट मा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति सुरत कार्की रहेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि पूर्ण कुँवर, वसन्त रोकाया (ललित), लोकराज पाण्डे (आगो), विष्णुप्रसाद भाट, पुष्पराज जोशी, दिनेश कलेल, सी.पी.सापकोटा, गौरीगंगा नगर सभापति हृदय थापा, गोदावरी नगर सभापति रविन्द्र शाही (गुड्डु) लगायत पार्टीका विभिन्न तहका नेता, पदाधिकारी,कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अतिथि तथा वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेपाली कांग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक एकतालाई आत्मसात् गरी पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।


वक्ताहरूले पार्टीभित्र आपसी एकता, सहकार्य,समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकतामा राख्दै नेता तथा कार्यकर्ताबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै, आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार, क्रियाशील सदस्यहरूको सक्रियता र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै पार्टीलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढाउनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।
कार्यक्रममा प्रदेश महाधिवेशन प्रतिनिधिहरूलाई कैलाली क्षेत्र नं. ४ (क) का सभापति हेमन्त राज जोशी (बाजे) ले शपथ ग्रहण गराएका थिए । सोही अवसरमा नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदानसमेत गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै सभापति हेमन्त राज जोशी (बाजे) ले उपस्थित सम्पूर्ण अतिथि, पार्टीका अग्रज नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरे । उनले प्राप्त जिम्मेवारीलाई इमानदारी, निष्ठा र पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै सबैलाई समेटेर संगठनलाई एकताबद्ध, सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ (क) का सहसचिव लाल पनाडीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव शंकर सिंह ऐरीले गरेका थिए ।




















