खाेज्नुहाेस

धनगढीमा कन्सर्टमा उपद्रो मच्चाउने १८ जना पक्राउ

Image

धनगढी – कैलालीको धनगढीमा आयोजित कन्सर्टमा होहल्ला र उपद्रो मच्चाउने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति कुमा सागरको प्रस्तुति रहेको कन्सर्टबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले मादक पदार्थ सेवन गरी कन्सर्टमा होहल्ला र उपद्रो मच्चाएका १८ जनालाई पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए ।

attariya hospital

धनगढीस्थित ओम प्यालेसमा कन्सर्ट आयोजना गरिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक बिष्टले बताए ।