बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै पिडित परिवारले किटानी जाहेरी दिएका छन् ।

मृतकका आफन्तले शिवनाथ गाउँपालिका ४ सोलपला घर भएका सशस्त्र प्रहरी जवान समेत रहेका भरत राम कोलीको नाममा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

कोलीको नाममा किटानी जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । उनी अहिले फरार रहेका छन् ।
















