बाजुरा – बाजुराका चेतन अयडीको हत्या आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन । हत्या आरोपमा त्रिबेणी नगरपालिका – ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी पक्राउ परेका हुन ।

चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्ष सहित २२ जना बिरुद्ध किटानी जाहेरी दिएका थिए । सोही आधारमा अनुसन्धानका लागि वडा अध्यक्ष अयडीलाई पक्राउ गरिएको बाजुराका प्रहरी प्रमुख सुर्य थापाले बताए । उनले घटनामा सलग्न भएको आशंकामा वडा अध्यक्ष सहित ३ जना पक्राउ गरिएको बताए ।

वडा अध्यक्ष अयडी १ महिना अघि जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा जिल्ला अदालत बाजुराबाट १ लाख धरौटिमा छुटेका थिए ।
त्रिबेणी – ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विबादलाई लिएर मंसिर ४ गते राती चेतनको घरमै हत्या गरिएको थियो । यस्तै निर्वाचनको समयमा विवाद हुँदा प्रहरीले चलाएको गोलि लागेर सञ्जिब अयडीको पनि मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए ।
















