खाेज्नुहाेस

२४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु  

Image

काठमाडौं – १५ हजार ४६५ नमूना परीक्षणमा १०४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार १६५ नमूनाको पीसीआर र ४ हजार ३०० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

जसमध्ये पीसीआर विधिबाट ८४९ र एन्टिजेन विधिबाट १९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

attariya hospital
navjiwan hospital

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको हो । मन्त्रालयका अनुसार मंगलबार थप ८९१ जना कोरोनामुक्त भएका छन् ।

कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार १९४ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित ३३८ जनाको भेन्टिलेटरमा र ११५ जनाको आइसीयूमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा ५९ हजार ३७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।