खाेज्नुहाेस

कैलालीका विभिन्न स्थानबाट लागूऔषध सहित १२ जना पक्राउ

Image
सांकेतिक फोटो

अत्तरिया  – कैलालीका विभिन्न स्थानबाट प्रहरीले शनिबार अवैध लागूऔषध खैरो हेरोइनसहित १२ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ३ ग्राम ८०० मिलिग्राम खैरो हेरोइनसहित गोदावरी नगरपालिका–६ लालपुरका २० वर्षीय राहुल भुल२० वर्षीय लोकेन्द्र खड्का पक्राउ परेका छन्। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रहरी चौकी त्रिनगरको टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।

attariya hospital

यस्तै, धनगढी–२ सिसा पोस्ट नजिकबाट ११० मिलिग्राम खैरो हेरोइनसहित गौरीगंगा नगरपालिका–८ बडैपुरका २० वर्षीय बेद धामी सहित ४ जना पक्राउ परेका छन्। अन्य तीन जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।

navjiwan hospital

यसैगरी, धनगढी उपमहानगरपालिका–१ त्रिवेणीघाटबाट २ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित २१ वर्षीया अस्मित कठरिया२३ वर्षीय मनिष चौधरी पक्राउ परेका छन्।

टिकापुर नगरपालिका–१ साथी अस्पताल नजिकबाट ३९० मिलिग्राम खैरो हेरोइनसहित १७ वर्षीय र १६ वर्षीय दुई किशोर पक्राउ परेका छन्।

त्यसैगरी, बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट ३५० मिलिग्राम खैरो हेरोइनसहित लम्कीचुहा नगरपालिका–८ गप्काका २७ वर्षीय महेन्द्र ओखेडा र मोहन्याल गाउँपालिका–६ सुगरखालका ३० वर्षीय उपेन्द्र जैशी पक्राउ परेका छन्।

पक्राउ परेका सबैविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।