खाेज्नुहाेस

बझाङमा जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, १३ घाइते

Image

बझाङ – बझाङको केदारस्युँ गाउँपालिका–७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बिजगडाबाट सुगरे–दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६४४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १६ जना सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काडाचौरकी ३५ वर्षीया बिमला धामी, दुर्गाथली गाउँपालिका–६ चुहावनकी ६० वर्षीया केला देवी महत र ६० वर्षीय चक्र महत रहेका छन् ।

attariya hospital
navjiwan hospital

घाइते हुनेमा चालक बझाङको केदारस्यु गाउँपालिका – ७ काडाचौरका ३५ वर्षीय देवेन्द्र धामी, दुर्गाथली गाउँपालिका – ६ का ४८ वर्षीय रामबहादुर महत, सोही ठाउँका १९ वर्षीय वीरबहादुर जाग्री, ३० वर्षीया झल्का देवी महत, ३१ वर्षीया जयमती महत र ३८ वर्षीया हर्का देवी महत रहेका छन् । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्गाथली गाउँपालिका – ६ का ३० वर्षीय नवराज धामी, सोही ठाउँका ३० वर्षीय दीपेन्द्र जाग्री, ३० वर्षीय रमेश धामी, २२ वर्षीय धनसेर जाग्री, ४० वर्षीया हासुली महत र ३२ वर्षीया गौमती देवी महत मध्यम अवस्थाका घाइते छन् । घाइते १२ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ५० वर्षीय इन्द्र महत उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।