खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षका दावेदार कडायतले खोले सचिवालय

Image
navjiwan hospital

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षका दावेदार कमल कडायतले चुनावी तयारीका लागि सचिवालय संचालनमा ल्याएका छन । उनले अत्तरियाको धनगढी रोडमा रहेको बडिमालिका रिकण्डिसन हाउस रहेको घरमा चुनावी गतिविधि सञ्चालनका लागि सचिवालय सञ्चालनमा ल्याएका हुन ।

अत्तरिया उद्योग वाणिज्य संघको असार २७ र २८ गते चुनावी साधारण सभा हुँदै छ । कडायत २०७५ सालमा भएको उद्योग वाणिज्य संघको निर्वाचनमा उपाध्यक्ष (वस्तुगत) मा निर्वाचित भएका थिए । उनी २०८० सालमा भएको संघको निर्वाचनमा अध्यक्षको आकाक्षी रहेपछि पारिवारीक कारणले अन्तिम समयमा ब्याक भएका थिए ।

attariya hospital