खाेज्नुहाेस

मदिरा कम्पनीले टेरेन बेलौरीलाई, ५ वर्षको १५ लाख तिर्न बाँकी

Image

सन्तोष पन्त, बेलौरी – बेलौरी स्थित एक मदिरा उद्योगले बेलौरी नगरपालिकालाई ५ वर्षदेखिको व्यवसाय बुझाएको छैन । मदिरा उत्पादन गर्ने बेलौरी नगरपालिका १० शिवनगरमा सञ्चालित अमृत डिस्टिलरी प्रालीले नगरपालिकालाई ५ वर्षदेखिको १५ लाख बढी व्यवसाय कर नबुझाएको हो ।

पालिकाले स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को परिच्छेद ९ को दफा ५८,आर्थिक ऐन २०८२ अनुसार पालिकाभित्र व्यवसाय गरेबापत व्यवसाय कर लिने गरेको छ ।

attariya hospital

पालिकाको राजस्व शाखाले दिएको विवरण अनुसार अमृत डिस्टिलरीले आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्मको १५ लाख १२ हजार व्यवसायी कर बुझाउन बाकी रहेको छ । पालिकाले उद्योगलाई पटक पटक कर तिर्न पत्राचार गरेता पनि उद्योगले भने चासो देखाएको छैन । पछिल्लो पटक जेठमा पालिकाले उद्योगलाई एकै पटक ५ वर्षको कर बुझाउनु भनी पत्र काटेको छ ।

navjiwan hospital

पालिकाले उद्योगको पुजी र लगानीको आधारमा हुन आउने आम्दानीको कर लिने गरेको छ । सो अनुसार अमृत डिस्टिलरीले प्रत्येक वर्ष पालिकालाई २ लाख ७५ हजार व्यवसाय कर बुझाउनुपर्ने देखिन्छ । राजस्व शाखाले दिएको जानकारी अनुसार ५ वर्षमा प्रत्येक वर्ष बुझाउनु पर्ने रकम २ लाख ७५ हजार नबुझाउँदा जरिवाना समेत लगाइएको छ ।

राजस्व शाखाका अनुसार बेलौरी नगरपालिका १० मा रहेको महाकाली सुगर मिलले भने पालिकालाई प्रत्येक वर्ष सम्पत्ति कर र व्यवसाय कर बुझाउने गरेको छ । तर अमृत डिस्टिलरीले भने सम्पत्ति कर नबुझाएर व्यवसाय कर मात्रै बुझाउने गरेको छ ।

बेलौरी नगरपालिका भित्र ४ सय बढी ठुला साना उद्योग रहेका छन् । गत वर्ष नगरपालिकाले ५ करोड ७७ लाख ६५ हजार ३८९ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस वर्ष हालसम्म पालिकाले ३ करोड ८२ लाख बढी राजस्व सङ्कलन गरेको छ ।

कुन वर्षमा कति जरिवाना