पछिल्लो समय मिनि खप्तड नामले चिनिएको डोटीको पुर्बिचौकी गाउँपालिका – २ बगलेक आन्तरिक पर्यटकको आकर्षणको केन्द्रमा पर्न थालेको छ । विभिन्न सामाजिक संजालहरुमा यस क्षेत्रको बारेमा प्रचार प्रसार भएपछि यो क्षेत्र पर्यटकको रोजाईमा पर्न थालेको हो ।



परिवार तथा साथी सहपाटी मिलेर बगलेकमा अहिले पिकनिक खाने तथा रमाईलो गर्नेको आकर्षण केन्द्र बन्ने गरेको छ । खप्तड जाने मुलबाटो बिचमा रहेको बगलेक खप्तड कै झल्को दिने गरेको छ ।
















