स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

उनको शपथ आजै हुँदै छ । सुशीला कार्की नेतृत्वको सरकारमा पुन शिक्षामन्त्री थिए । आफूले भनेअनुसारको सुधारको काम गर्न सहयोग नपाएपछि उनी राजीनामा दिएर चुनाव लड्न गएका थिए ।

बालेन सरकारमा मन्त्री हुने पुन रास्वपाबाहेकका एक मात्र सांसद हुन् । उनले म्याग्दीबाट चुनाव जितेका थिए ।


















