अत्तरिया – कैलालीको गाेदावरी नगरपालिका ४ गोदावरी स्थित वनदेवी मन्दिर अगाडि माेटरसाइकलले अटोलाई ठक्कर दिदा घाइते भएकाहरूको पहिचान खुलेको छ ।
गोदावरीबाट अत्तरिया तर्फ आउदै गरेको सुपप्र०१००९प९३ नम्बरको मोटरसाइकलले अतरियाबाट गोदावरी तर्फ जाँदै गरेको सुपप्र ०१००१ह८६३३ नम्बरको अटोलाई ठक्कर दिदा भएको दुर्घटनामा ७ जना घाइते भएका थिए ।


घाइते हुनेमा अटो चालक गणेश आले, अटोमा सवार ३१ वर्षीय भीमबहादुर महत, चुरे गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राना, ३० वर्षीया श्रीमती मेनुका महतरा र उनका डेढ वर्षीय छोरा रिदम महतरा रहेको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ बस्ने निरज रावत, पछाडी सवार गोदावरी–४ लालपुर बस्ने ४६ वर्षीय भरत बुढा रहेका छ्न ।
घाइतेको धनगढीको निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
दुर्घटनाग्रस्त अटो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

















