खाेज्नुहाेस

अत्तरियामा योगेन्द्र स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना हुने

Image

अत्तरिया– कैलालीको अत्तरियामा योगेन्द्र शाह स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गोदावरी नगरपालिका– १ विजयनगर बस्ने स्वर्गिय योगेन्द्र शाहको स्मृतिमा विजयनगर टोलका युवाहरुले प्रतियोगिताको आयोजना गर्न लागेका हुन् ।

navjiwan hospital

भोली बुधबारदेखी प्रतियोगिता सुरु हुने आयोजकका तर्फबाट महेश शाहले जानकारी दिए । प्रतियोगितामा नगरका विभिन्न वडाबाट १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु. ५१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. २१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

attariya hospital

प्रतियोगितामार्फत पछिल्लो समय भयावह रुपमा फैलिरहेको लागुऔषध बारे जनचेतना जगाउने आफूहरुको लक्ष्य रहेको शाहले बताए । उनले त्यसबाहेक नगरभित्र रहेका सम्पुर्ण युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पनि प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

गत वर्ष गोदावरीमा मोटरसाइकल दुर्घटनामा परि विजयनगरका युवा योगेन्द्र शाहको निधन भएको थियो । उनको सम्झनामा आयोजना गर्न लागिएको प्रतियोगिताले युवाहरुलाई लागुऔषधको दुव्र्यसनीबाट टाढा रहनका लागि प्रेरित गर्ने आयोजकले विश्वास लिएको छ । प्रतियोगिताको उद्घाटन सत्र बुधबार बिहान ८ बजे अत्तरिया स्थित सशस्त्र प्रहरीको खेलमैदानमा हुने बताईएको छ ।