खाेज्नुहाेस

धनगढीमा टिभिएसको ‘अचम्मैको डिल’ एक्सचेन्ज मेनिया सुरु

Image

अत्तरिया — कैलालीको धनगढीमा टिभिएसले ‘अचम्मैको डिल’ एक्सचेन्ज मेनिया सुरु गरेको छ । धनगढीमा रहेको टिभिएसको आधिकारीक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले हसनपुर–हसनपुर नैनादेवी रोडमा आइतबारदेखि एक्सचेन्ज मेनिया सुरु गरेको हो ।

navjiwan hospital

मेलामा टिभिएसले नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एक्सचेन्ज मेलामा टिभिएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट, खरिद मूल्यको १०० प्रतिशतसम्म नगद फिर्ता वा ‘टिभिएस गोल्डेन की’ प्राप्त गर्ने अवसर रहेको छ ।

attariya hospital

त्यस्तै, पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा उच्च मूल्यांकन गरिने बागेश्वरी अटोमोटिभ्सले जनाएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले प्रत्येक दिन दुई जनालाई पाँच वर्षसम्म निःशुल्क सर्भिसको अवसरसमेत दिइने र निःशूल्क हेल्मेट दिईने बताइएको छ । त्यसबाहेक मोटरसाईकल वा स्कुटर एक्सचेन्ज गर्न वा किन्न चाहने ग्राहकहरुका लागि फाइनान्सको सुविधा पनि उपलब्ध रहेको बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए । उनले एक्सचेन्जमा सहभागी ग्राहकले आफ्नो पुरानो सवारीसाधनको मूल्यांकन गराई टिभिएसका नयाँ मोडलका मोटरसाइकल तथा स्कुटरसँग साट्न सक्ने बताए ।

एक्सचेन्ज मेलामार्फत ग्राहकलाई नयाँ टिभिएस खरिद तथा पुरानो सवारीसाधन एक्सचेन्जमा विशेष सुविधा उपलब्ध गराइएको साउँदले बताए । उनका अनुसार कम्पनीले सार्वजनिक गरेको योजनाअन्तर्गत नगद छुट, नगद फिर्ता, गोल्डेन की, उच्च मूल्यांकन, निःशुल्क सर्भिस र हेल्मेटलगायतका सुविधा ग्राहकले प्राप्त गर्न सक्नेछन् । सो एक्सचेन्ज मेनिया असोज ९ गतेसम्म सञ्चालन हुने साउँदले बताए । उनका अनुसार एक्सचेन्ज मेनियाको समयावधीसम्म सो सेवा धनगढीमा रहेको बागेश्वरी अटोमोटिभ्सको शोरुमबाट समेत लिन सकिने छ । ‘हामीले हसनपुरमा एक्सचेन्ज मेनिया सुरु गरेर त्यताबाट सेवा दिईरहेका छौँ’ उनले भने ‘सो सेवा एक्सचेन्ज मेनियामा मात्रै नभई हाम्रो धनगढीमा रहेको टिभिएसको शोरुमबाट पनि लिन सकिनेछ ।’