खाेज्नुहाेस

युथ इनोभेसन ल्याब र दुर्गालक्ष्मी क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर

Image

अत्तरिया — युवा उद्यमशीलता, अनुसन्धान तथा प्रविधि विस्तारका लागि युथ इनोभेसन ल्याब (YI-Lab) र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

navjiwan hospital

अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सोमबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. नरेन्द्रबहादुर ऐर तथा ‘उडान’ (UDAAN) का प्रतिनिधिको रोहबरमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

attariya hospital

समझदारीले विद्यार्थीमा डिजिटल सीप, नवप्रवर्तन र स्टार्टअप प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

यस सहकार्यबाट प्राज्ञिक तथा प्राविधिक क्षेत्रबीच सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।