अत्तरिया – कैलालीको गाेदावरी नगरपालिका ४ गोदावरी स्थित वनदेवी मन्दिर अगाडि माेटरसाइकलले अटोलाई ठक्कर दिदा ५ जना घाइते भएका छ्न ।

गोदावरीबाट अत्तरिया तर्फ आउदै गरेको मोटरसाइकलले अतरियाबाट गोदावरी तर्फ जाँदै गरेको अटोलाई ठक्कर दिदा ५ जना घाईते भएका हुन ।

दुर्घटनामा मोटरसाइकलमा सवार २ जना र ईभी अटोमा रिक्सामा सवार ३ जना गम्भीर घाइते भएको कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशमकुमार आचार्यले बताए ।
उनले घाईते पाँचै जनालाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी पठाईएको बताए । दुर्घटनामा घाईतेको विस्तृत विवरण भने आउन बाकी रहेको उनले बताए ।

















