खाेज्नुहाेस

गौरीगंगाका हिमाल आचार्य पाँच दिनदेखि सम्पर्कविहीन, परिवार चिन्तित

Image
धनगढी – कैलालीको गौरीगंगा नगरपालिका–१, मङ्गलपुरका २४ वर्षीय हिमाल आचार्य पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । उनी गत २४ गते दिउँसो करिब २ बजेदेखि परिवारको सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेको छ ।
attariya hospital
परिवारका अनुसार हिमाल सम्पर्कविहीन भएपछि आफन्त, छरछिमेक तथा गाउँ टोलमा खोजी गर्दा पनि अहिलेसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
navjiwan hospital
सम्पर्कविहीन भएका युवकको खोजीका लागि इलाका प्रहरी कार्यालयमा समेत जानकारी गराइएको भए पनि कुनै पत्तो नलागेको हिमालकी आमा पार्वती आचार्यले बताइन ।
सम्पर्कविहीन भएका हिमाललाई कसैले भेटेमा ९८६५९५२७१३ वा ९७६११२९२०६ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।