खाेज्नुहाेस

तपाईँको फोनको समेत हुन्छ म्याद गुज्रिने मिति, यस्तो छ थाहा पाउने तरिका

Image

काठमाडौँ । धेरैलाई लाग्न सक्छ – फोन भौतिक रूपमा नफुटुन्जेल वा नबिग्रुन्जेल चलाउन सकिन्छ । तर वास्तविकतामा तपाईँले प्रयोग गरिरहेको एन्ड्रोइड फोनको पनि एउटा म्याद समाप्त हुने मिति हुन्छ । फोन बाहिरबाट हेर्दा पूर्ण रूपमा ठिक देखिए पनि एउटा निश्चित समयपछि यसको सफ्टवेयर र सुरक्षा प्रणालीले काम गर्न छोड्छ । जसले गर्दा तपाईँको डिभाइस असुरक्षित र कम उपयोगी बन्न पुग्छ ।

जब हामी फोनको डेट एक्सपायर हुने कुरा गर्छौँ, यसको अर्थ फोन पूर्ण रूपमा बन्द हुने भन्ने होइन । यसका मुख्य दुई चरणहरू हुन्छन् । कम्पनीहरूले एउटा निश्चित समयसम्म मात्र नयाँ एन्ड्रोइड भर्सनका अपडेटहरू उपलब्ध गराउँछन् । उदाहरणका लागि सामसङ एस–२५ अल्ट्रामा सात वर्षको सपोर्ट छ, जसको अर्थ यसले सन् २०३२ सम्म मात्र नयाँ एन्ड्रोइड अपडेटहरू पाउनेछ ।

attariya hospital

मुख्य ओएस अपडेट बन्द भए पनि केही समयसम्म सेक्युरिटी अपडेटहरू प्राप्त हुन सक्छन् । तर जब सेक्युरिटी अपडेटहरू पनि आउन छाड्छन्, तब फोनमा रहेका बैङ्किङ विवरण र पासवर्डहरू जोखिममा पर्न सक्छन् । वास्तविक एक्सपायरी तब हुन्छ, जब फोनले कुनै पनि सुरक्षा अपडेट पाउँदैन र नयाँ एपहरूले उक्त पुरानो एन्ड्रोइड भर्सनलाई सपोर्ट गर्न छाड्छन् ।

आफ्नो फोनको म्याद कसरी थाहा पाउने ?

तपाईँको फोन कहिलेसम्म चल्छ भनेर पत्ता लगाउने केही सरल तरिकाहरू छन् । आफ्नो फोनको ठ्याक्कै मोडेल नाम र भलम या कगउउयचत वा गउमबतभ कअजभमगभि लेखेर इन्टरनेटमा सर्च गर्नुहोस् ।

navjiwan hospital

यदि फोन निर्माताले कुनै सार्वजनिक घोषणा गरेको छ भने तपाईँले सजिलै जानकारी पाउनु हुनेछ । यदि तपाईँलाई आफ्नो फोनको मोडेल थाहा छैन भने फोनको क्भततष्लनक हुँदै ब्दयगत सेक्सनमा गएर मोडेल नम्बर वा नाम हेर्न सक्नुहुन्छ ।

गुगल र सामसङले आफ्ना पछिल्ला फ्ल्यागशिप फोनहरू (जस्तै पिक्सेल ८ वा ग्यालेक्सी एस–२४ र त्यसपछिका) मा ७ वर्षको अपडेट दिने बाचा गरेका छन् । एप्पलले पनि हालै ७ वर्षको सपोर्ट दिन सुरु गरेको छ । तर बजेट वा मध्यम रेन्जका फोनहरूको हकमा यस्तो अवधि प्रायः २ देखि ३ वर्ष मात्र हुन सक्छ ।

सफ्टवेयर मात्र होइन, फोनको हार्डवेयरले पनि यसको आयु निर्धारण गर्छ । विशेष गरी लिथियम–आयन ब्याट्रीहरू २ देखि ३ वर्षको प्रयोगपछि कमजोर हुन थाल्छन् । धेरैजसो आधुनिक फोनमा ब्याट्री निकाल्न नमिल्ने गरी बनाइएको हुन्छ । जसलाई ‘प्लान्ड ओब्सोलेसेन्स’ (निश्चित समयपछि पुरानो बनाउने रणनीति) भनिन्छ । ब्याट्री कमजोर भएपछि फोन ढिलो चल्ने वा छिट्टै स्विच अफ हुने समस्या देखिन्छ ।

म्याद सकिएपछि के गर्ने ?

यदि तपाईँको फोनले सेक्युरिटी अपडेट पाउन छोडिसक्यो भने त्यसलाई मुख्य फोनको रूपमा प्रयोग नगरेकै राम्रो हुन्छ । त्यस्तो फोनमा बैङ्किङ कारोबार वा संवेदनशील कामहरू गर्नु हुँदैन ।

बरु त्यस्ता पुराना फोनलाई म्युजिक वा मिडिया प्लेयर, बत्ती वा एसी नियन्त्रण गर्ने जस्तो स्मार्ट होम कन्ट्रोलर अथवा गेमिङ डिभाइसको रूपमा उपयोग गर्न सकिन्छ । तसर्थ नयाँ फोन किन्दा वा पुरानो प्रयोग गर्दा यसको सफ्टवेयर सपोर्ट कहिलेसम्म छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।