खाेज्नुहाेस

स्थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधनको माग

Image
oplus_0

धनगढी – सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरूले संयुक्त रूपमा प्रदेश सरकारले हालै जारी गरेको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ संशोधन गर्न माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ लोकेन्द्र शाही र नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरेन्द्र भट्ट सहितको टोलीले मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै ऐन तत्काल संशोधन गर्न माग गरेका हुन ।

navjiwan hospital

उनीहरूले माग संशोधन नगरिए आन्दोलनमा उत्रनुपर्ने चेतावनी पनि दिएका छन् । ज्ञापन पत्रमा ऐनका विभिन्न प्रावधानले संविधानले प्रत्यायोजन गरेको स्थानीय सरकारको प्रशासनिक स्वायत्तता खण्डित भएको दाबी गरिएको छ ।

attariya hospital

विशेष गरी (सङ्गठन तथा व्यवस्थापन) प्रतिवेदन मन्त्रालयको स्वीकृतिमा बाध्य पारिनु, करार सेवामा रहेका कर्मचारीको म्याद थपमा अन्योल, पदपूर्तिमा प्रदेश सरकारको सहमति अनिवार्य पारिनु, तह वृद्धि तथा बढुवामा असमानता लगायतका विषयमा गम्भीर आपत्ति जनाइएको छ ।

संघ–महासंघले संशोधनका लागि कार्यदल समेत गठन गरिसकेको जानकारी दिँदै ऐन तत्काल स्थगन नगरे स्थानीय तहहरूले संयुक्त रूपमा ऐनको अवज्ञा गर्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री शाहले ज्ञापन पत्र बुझ्दै कानुनी मान्यता र आपसी छलफलका आधारमा आवश्यक संशोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।