खाेज्नुहाेस

अछाममा हावाबाट निकालिएको बिजुली ६ वर्षदेखि बन्द

Image
?????

अछाम – अछाममा २ करोड लागतमा हावाबाट निकालिएको बिजुली ६ वर्षदेखि बन्द अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७२/०७३ मा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र , कमलबजार नगरपालिका र स्थानीयको श्रमदान गरी करिब २ करोड लागतमा १५ किलोवाट क्षमता हावाबाट र १५ किलोवाट विद्युत् सोलारबाट विद्युत् उत्पादन गरिएको भएपनि विगत ६ वर्षदेखि बन्द रहेको हो ।

navjiwan hospital

निर्माण सम्पन्न भएको ३ वर्षमै बन्द भएको उक्त परियोजना समयमा मर्मत नगरिदा उक्त परियोजनाबाट लाभाविन्त भएका ५ हजार जनसंख्या प्रभावित भएका छन ।

attariya hospital

नगरपालिकाका प्रशासकीय अधिकृत खडक विष्टका अनुसार प्राविधिक समस्या देखिएर लामो समयदेखि आयोजना बन्द भएको छ । आयोजना स्थलमा राखिएका प्राविधिक सामान चोरी पनि भएको उनले बताए ।
उनले हावाबाट बिजुली निकाल्ने प्रविधिको मर्मत गर्नुपर्ने सामान चीनबाट ल्याउनु पर्ने बताए । करिब २५ लाख लगानी गरेमा फेरि हावाबाट बिजुली निकाल्न सकिने उनले बताए ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनु अगाडि नै कमलबजारमा हावाबाट बिजुली बलिसकेकाले यसको प्राविधिक पक्ष ,लगानी र समन्वयमा ध्यान नपुगेको नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए । आगामी आर्थिक वर्षमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर पुनःसञ्चालनका लागि छलफल गरिरहेको उनले बताए ।