खाेज्नुहाेस

प्रचण्ड आज कञ्चनपुरमा, यस्ता छन कार्यक्रम

Image

कञ्चनपुर – जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कञ्चनपुरमा पुगेका छन । हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत उनी सहभागी बुधबार बिहानैदेखि कञ्चनपुरमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

navjiwan hospital

एकाबिहानै नियमित कार्यक्रम अन्तरगत मर्निङ वाकमा हिडेका प्रचण्ड पुनर्वासमा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । बिहान ९ बजे बेलौरीस्थित रामनगर खानेपानी आयोजना उद्घाटन गर्ने, त्यसपछि बेलौरीको शोभातालस्थित सहिद स्मारकमा माल्यार्पण र शोभाताल क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तया भएको छ ।

attariya hospital

बिहान १०ः१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभाहलमा विशेष स्वागत तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने छ भने त्यसलगत्तै कलकत्ता हाटबजारको अवलोकन र बेलडाँडीमा कोणसभा हुने जनाइएको छ ।

बुधबार नै महेन्द्रनगर बजारमा रहेको संविधान चोक स्मारकमा पुगेर हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानको समापन गरिने कार्यक्रम रहेको छ । नेकपा माओवादी केन्द्रले गत फागुन १२ गतेका दिन झापाबाट उक्त अभियानको सुरुवात गरेको थियो ।