खाेज्नुहाेस

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसको अन्तिम नतिजा सार्वजनिक

Image

अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका १४ वटा क्याम्पसमा भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

जसमा ९ वटा क्याम्पसमा जित निकाल्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो भएको छ भने ५ क्याम्पसमा जित निकाल्दै अनेरास्ववियु दोस्रो भएको छ । १४ क्याम्पसमा अखिल क्रान्तिकारी भने निल भएको छ ।

attariya hospital
navjiwan hospital

नेविसंघबाट दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलालीमा भुवन महरा, जगन्नाथ बहुमुखी क्याम्पस बैतडीमा रोशन भट्ट, मणिलेक क्याम्पस बैतडीमा मनोजदत्त ओझा, त्रिवेणी बहुमुखी क्याम्पस डडेल्धुरामा प्रकाश अवस्थी, दार्चुला बहुमुखी क्याम्पस दार्चुलामा प्रकाश बडू, सीताराम बहुमुखी क्याम्पस डोटीमा उमेश बलायर, बडीमालिका क्याम्पस बाजुरामा सविन राव, कैलाली बहुमुखी क्याम्पस कैलालीमा सन्तोष पन्त र टीकापुर बहुमुखी क्याम्पस कैलालीमा किरण साउँद विजयी भएका छन ।

यस्तै अनेरास्ववियुबाट जयपृथ्वी क्याम्पस बझाङमा तिलकचन्द्र बोहरा, पाटन बहुमुखी क्याम्पस बैतडीमा सञ्जय भण्डारी, घण्टेश्वर बहुमुखी क्याम्पस डोटीमा सुरत बोहरा, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा सुनिल डागा र बाजुरा क्याम्पस बाजुरामा लक्ष्मण रोकाया विजयी भएका छन ।

१४ क्याम्पसमा निर्वाचन हुँदा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पस र अछामको जनता क्याम्पसमा निर्वाचन हुन सकेन । केन्द्रिय क्याम्पसमा तालबान्दीका कारण चुनाव हुन नसकेको हो । विश्वविद्यालयमा अनेरास्ववियू र अखिल समाजवादीले निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेपछि चुनाव हुन नसकेको हो । उनीहरुले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरेको बताएका छन ।