धनगढी – कैलाली बहुमुखी क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको १३५४ मत गणना सकिँदा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवारहरू प्रमुख पदहरूमा अग्रस्थानमा छन्।
अध्यक्ष पदतर्फ नेविसंघका सन्तोष पन्तले ५६६ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका पवन सुनारले ३४३, अनेरास्ववियुका यमराज जोशीले २९१, विद्यार्थी एकता समूहकी अम्बिका चौधरीले ५९ र अनेरास्ववियूका सुनिलराज जोशीले ४६ मत प्राप्त गरेका छन्।



सचिव पदमा पनि नेविसंघका ओम प्रकाश वस्ती ४६८ मतसहित अघि छन्। अनेरास्ववियुका किरण प्रकाश उपाध्यायले ३३७, अखिल क्रान्तिकारीका लोकेन्द्र चौधरीले २९३, अनेरास्ववियूका खगेन्द्र अवस्थीले ७३, प्राज्ञिक विद्यार्थी परिषद्का लवदेव धामीले ४४ र स्वतन्त्र उम्मेदवार किशोर जोशीले ४६ मत पाएका छन्।
कोषाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको देखिन्छ। नेविसंघकी प्रमिला शाहले ४०० मतसहित अग्रता बनाएकी छन्, भने अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिनाले ३८४ मतसहित नजिकैबाट पछ्याइरहेका छन्। अनेरास्ववियुका प्रकाश भट्टले ३३८, अनेरास्ववियूकी अंगीता चौधरीले ११८र विद्यार्थी एकता समूहका खेमराज भट्टराईले २४ मत प्राप्त गरेका छन्।
