खाेज्नुहाेस

सुदूरपश्चिम विश्वविद्यालयका १२ क्याम्पसको नतिजा सार्वजनिक, नेविसंघ पहिलो

Image

अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका १२ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नतिजा सार्वजनिक भएको छ । बुधबार विश्वविद्यालय अन्ततगतका १४ क्याम्पसमा निर्वाचन भएकोमा कैलाली बहुमुखी र टीकापुर बहुमुखी क्याम्पस बाहेकको नतिजा सार्वजनिक भएको हो ।

सार्वजनिक नतिजा अनुसार ७ क्याम्पस सभापतिमा नेविसंघ विजयी भएको छ भने ५ क्याम्पस सभापतिमा अनेरास्ववियु विजयी भएको छ । अखिल (क्रान्तिकारी) ले भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा खाता खोल्न सकेको छैन ।

add everest academy
attariya hospital
navjiwan hospital

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भूवन महरा, जगन्नाथ क्याम्पसमा रोशन भट्ट, मणिलेक क्याम्पसमा मनोजदत्त ओझा, त्रिवेणी क्याम्पसमा प्रकाश अवस्थी, दार्चुला क्याम्पस प्रकाश बडू, सीताराम क्याम्पस उमेश बलायर (निर्विरोध) र बडीमालिका क्याम्पसमा सविन रावत (निर्विरोध) नेविसंघका उम्मेदवार विजयी भएका छन ।

अनेरास्ववियुबाट जयपृथ्वी क्याम्पसमा तिलकचन्द्र बोहरा, पाटन क्याम्पसमा सञ्जय भण्डारी, घण्टेश्वर क्याम्पसमा सुरत बोहरा, गोकुलेश्वर क्याम्पसमा सुनिल डाँगा र बाजुरा क्याम्पसमा लक्ष्मण रोकाया विजयी भएको छ ।

विवाद हुँदा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र अछामको जनता क्याम्पसमा भने निर्वाचन हुन सकेको छैन ।

attariya technical collage