खाेज्नुहाेस

दार्चुलामा नेविसंघ र गोकुलेश्वरमा अनेरास्ववियु विजयी

Image

दार्चुला – दार्चुला सदरमुकाममा रहेको दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रकाश बडू विजयी भएका छन ।

navjiwan hospital

बडू २२२ मत प्राप्त गरी विजयी भएका हुन । बडूका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त ल्याएका थिए । निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारी बिच गठबन्धन भएको थियो ।

attariya hospital

यस्तै गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन । डाँगाले १०५ मत प्राप्त गर्दै विजयी हुँदा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनका साझा उम्मेदवार नेविसंघका नरेश विष्टले १०२ मत प्राप्त गरेका थिए ।