बझाङ– बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका तिलक चन्द्र बोहरा अध्यक्षमा निर्वाचित भएका छन । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विवेक बहादुर बोहरालाई ३ मतले पराजित गर्दै तिलक अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचनमा तिलकले १२५ मत प्राप्त गरे भने प्रतिष्पर्धि विवेक बोहराले १२२ मत प्राप्त गरे ।

यस्तै अखिल क्रान्तिकारीका माजबहादुर धामीले ५९ मत प्राप्त गरे भने अखिल समाजवादीका प्रविनबहादुर महरले २ मत ल्याए । निर्वाचनबाट अध्यक्षमा अनेरास्ववियुका तिलक निर्वाचित भएपनि सचिव र कोषाध्यक्षमा भने नेविसंघका उम्मेदवार विजयी बनेका छन ।

सचिवमा नेविसंघका लोकेशराज जोशीले १२२ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अञ्जना कामी ९३ र अनेरास्ववियुका ८९ मत ल्याए ।
यस्तै कोषाअध्यक्षमा नेविसंघकि स्मृति कुमारी सिंह १३२ मत ल्याउदै विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियु शारदा बोहरा ९९ र अखिल क्रान्तिकारीका रमा कुमारी जोशीले ७० मत ल्याए । सदस्यमा पनि नेविसंघका उम्मेदवारहरू विजयी भएका छन् ।

















