खाेज्नुहाेस

दुर्गालक्ष्मीमा स्ववियु मतदान सकियो

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजे सकिएको हो । मतदानमा ८३१ विद्यार्थी सहभागी भएको निर्वाचन समितिले जनाएको छ ।

navjiwan hospital

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा १ हजार १२८ मतदाता रहेका थिए । स्ववियुको निर्वाचनका लागि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबाट संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन ।

attariya hospital

५ विद्यार्थी संगठन मिलेर बनेको संयुक्त अखिल प्यानलबाट स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बम बहादुर विकले प्यानल सहित उम्मेदवार दर्ता गराएका छन् भने नेविसंघबाट सभापतिमा भुवन महराले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन् ।