खाेज्नुहाेस

राजतन्त्र चिहानमा पुगिसक्यो : सचिव भट्ट

Image

अत्तरिया – नेकपा एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्र, लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । सोमबार अत्तरियामा आयोजित नेपाल शिक्षक संगठनको १४ कैलाली जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र र लोकतन्त्रको विकल्प अन्य कुनै पनि व्यवस्था हुन नसक्ने बताएका हुन् ।

navjiwan hospital

‘चिहानमा गइसकेको राजतन्त्र फेरी जिउँदो भएर आउन सक्दैन । लोकतन्त्र– गणतन्त्र को बिकल्प राजतन्त्र होइन बरु राजतन्त्र को विकल्प पुनः गणतन्त्र नै हो’, उनले भने । उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही कमी कमजोरी भए त्यसको समीक्षा गरेर सुधार गर्नु आवश्यक रहेको बताए ।

attariya hospital

सचिब भट्टले नेपालको राजनीति परिबर्तनमा शिक्षकहरुको ठूलो भुमिका रहेको बताए । ’शिक्षक संगठन को इतिहास गौरबपुर्ण छ । लोकतन्त्र गणतन्त्र र संघीय ल्याइँदै गर्दा संगठन गरेको भूमिका अझै स्मरणीय छ’ नेता भट्टले भने ’अहिले संघर्षले ल्याएको व्यवस्थाको विषयमा चर्चा सुरु भएको छ । हामीले गणतन्त्र लोकतन्त्र जोगाउनु पर्छ ।’

जारी शिक्षकहरुको आन्दोलन को समाधान संवाद र छलफलबाटै हुने जिकिर गरे।