अछाममा शैक्षिक गुणस्तर सुधारका लागि जागरण अभियान

अछाम – अछामको रामारोशन गाउँपालिकाले सामुदायिक तथा सरकारी विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न जागरण अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत रामबहादुर भण्डारीका अनुसार शैक्षिक बेरोजगार उत्पादन रोक्न दीर्घकालीन लक्ष्यसहित अभियान अघि बढाइएको हो ।

maya metro hospital

कार्यपालिकाले पारित गरेको शैक्षिक रुपान्तरण कार्यविधि २०८१ अनुरूप पहिलो चरणमा गाउँपालिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकबीच सम्झौता गरिएको छ । सम्झौताअनुसार विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक तथा व्यवस्थापकीय सुधार राज्य र गाउँपालिकाले गर्नेछ भने प्रधानाध्यापकले गुणस्तर सुधारमा भूमिका खेल्नेछन् । साथै, शिक्षकहरूले आ–आफ्ना विषय र कक्षाको जिम्मेवारी लिनेछन ।

citizen security services

दोस्रो चरणमा प्रत्येक वडामा विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, अभिभावक र स्थानीय प्रतिनिधिहरूको सहभागितामा जागरण भेला गरिएको छ । अभियानका कारण विद्यार्थीको विद्यालय उपस्थितिमा वृद्धि भएको दाबी गरिएको छ ।
हाल तेस्रो चरणको अनुगमन कार्य जारी छ, जसमा कक्षा निरीक्षण, पढाइको कार्यान्वयन र विद्यार्थीको सिकाइ अवस्थाको मूल्यांकन गरिँदैछ । भण्डारीका अनुसार यस अभियानपछि चरम चिटिङको कारण ७०–८०% विद्यार्थी पास हुने प्रवृत्ति घटेर १०% मा झर्ने अपेक्षा गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.