
सर्लाही- सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधबार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको हो ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनको निधनमा बसबरिया गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।


















