खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट ३ लाखको अबैध सामान बरामद

Image
file photo

अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले ३ लाख बढीको अबैध भन्सार छलिको सामान बरामद गरेको छ । शुक्रबार धनगढी, टीकापुर, भीमदत्त नगरपालिका, बेलौरीबाट प्रहरीले ३ लाख २ हजार ८० रुपैयाँ बराबरकोअवैध सामान बरामद गरेको हो ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका – ३ चौराह, धनगढी उपमहानगरपालिका – १३ राजपुर नजिक र टीकापुर नगरपालिका – ९ पायलगाउ स्थित भित्रि सडक खण्डमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख ९१ हजार ६६० बराबरको डिउ बोतल, प्याज, चिनी, सुर्ती, बिडी, कुरकुरे, लिचिका बोट, कागतीका बोट, अंगुरका बोट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

यस्तै शुक्रबार भीमदत्त नगरपालिका – १७ मझगाँउ र बेलौरी नगरपालिका – ६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख १० हजार ४२० बराबरको भेष्ट, गन्जी, सिस्टम, डिउ सामान, सामान, साईकल लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।