खाेज्नुहाेस

गड्‌डाचौकी नाकाबाट बाजुराका ११ महिलाको उद्धार

Image

बाजुरा – कञ्चनपुरको गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।बाजुरादेखि ललाइफकाई गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरूको उद्धार गरेको हो।

navjiwan hospital

भारतमा नोकरी लगाइदिने प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाको उद्धार गरिएको शान्ति पुनस्र्थापना केन्द्र गड्‌डाचौकीले जनाएको छ ।

attariya hospital

बाजुराको गौमूल गाउँपालिकाका तीन, बडीमालिका नगरपालिकाका एक, खप्तड छेडेदह गाउँपालिकाका चार, त्रिवेणी नगरपालिकाका दुई र बुढीग‌ङ्गा नगरपालिकाका तीनसहित आठ महिला, चार जना बालक गरेर ११ जनाको उद्धार गरिएको शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीका सुपरभाइजर मनिषा न्यौपानेले बताइन् ।