खाेज्नुहाेस

शुक्लाफाँटामा आज शोक बिदा

Image

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज शोक विदा दिइएको छ । नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको सडक दुर्घटनामा निधन भएपछि बिहिबार शोक बिदा दिइएको हो ।

navjiwan hospital

कर्मचारीको निधनमा नगरपालिकाले शोक व्यक्त जारी गर्दै नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक बाँकी अन्य सबै सेवा बन्द गरेको नगर प्रमुख रणबहादुर महराद्वारा जारी सूचनामा उल्लेख छ ।

attariya hospital

बुधबार राती ओली सवार म १ प ११४५ नम्बरको मोटरसाइकलले म २ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । भीमदत्त नगरपालिका–४ ब्रह्मदेवमा भएको उक्त दुर्घटनामा शुक्लाफाटा नगरपालिका–५ का ४० वर्षीय ओलीको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका म २ प७२७१ नम्बरको मोटरसाइकल चालकको मायामेट्रो अस्पताल, धनगढीमा उपचार हुँदैछ ।