अत्तरिया- कैलालीको कैलारी गाउँपालिकामा यही श्रावण २ गते भोलि सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै २४औँ कमैया मुक्ती दिवसको अवसरमा २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गरिएको जनाएको छ ।

उक्त दिन गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय तथा बैंकहरुमा बिदा रहने सूचनामा उल्लेख छ ।




















