बैतडी- बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पाटन नगरपालिका८ कि ४० वर्षीया जयन्ती मडैको भिरबाट लडेर मृत्यु भएको हो ।

सोमबार बिहान घाँस काट्न गएकि उनको स्थानीय रिसेडि भिरबाट घाँसको भारी बाँध्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

उनी भिरबाट करिब ५५/६० मिटर तल तिमिले खोलामा खसेकी र प्रहरी घटनास्थलमा पुगेकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

















