काठमाडौँ- सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक अनियन्त्रित भएर माइक्रो बस दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरी र सशस्त्रको विपद् व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट खटिएको टोलीले घाइतेहरुको उद्धार गरेर उपचारका लागि खुर्कोटस्थित शुभ जीवन अस्पाल पठाएको प्रहरीले जनाएको छ ।













