अत्तरिया – कैलालीको अत्तरियामा लघुवित्तिय संस्थामा काम गर्ने कर्मचारीहरु संगठित भएका छन । शुक्रबार गोदावरी नगरपालिका भित्रका लघुवित्तका कर्मचारीहरुको भेलाबाट उनीहरु संगठित हुँदै लघुवित्त कर्मचारी मञ्च अत्तरिया गठन गरेका छन ।

भेलाले समिट लघुवित्तका शाखा प्रमुख दिपक विष्टको संयोजकत्वमा ७ सदस्यीक तदर्थ समिति गठन गरेको छ ।

समितिको सह संयोजकमा निर्धन लघुवित्तका सुरेन्द्र चौधरी, सचिवमा सिभिल लघुवित्तका दुर्गा थापा, कोषाध्यक्षमा जाल्पा लघुवित्तकी उर्मिला बोहरा रहेका छन । त्यस्तै सदस्यहरुमा मिरमिरे लघुवित्तका नरेश बोहरा, फर्वाड लघुवित्तकी सुनिता चौधरी र नाडेप लघुवित्तका रामकृष्ण खतिवडा रहेका छन ।
कर्मचारीहरुको हकहितको सुरक्षा तथा सदस्यहरुमा जनचेतना फैलाउने उद्देश्यले समिति गठन गरिएको डिल्ली राज पनेरूले जानकारी दिएका छन ।

















