खाेज्नुहाेस

प्रभु बैंकका ग्राहकलाई कैलालीको सौभाग्य हस्पिटलमा छुट

Image

धनगढी – प्रभु बैंक लिमिटेड र कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरकाबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

navjiwan hospital

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरूले सौभाग्य हस्पिटलद्वारा सञ्चालित ओपीडी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यु.एस.जी, एन्डोस्कोपी, नर्मल बेड, एच.डी.यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु/एन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । प्रभु बैंकका ग्राहकले फार्मेसीबाट पनि ५ प्रतिशत छुट पाउने छन् ।

attariya hospital

उक्त सम्झौता अन्तर्गत सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।