खाेज्नुहाेस

अछाममा कृषि बाली विज्ञान संचालन गर्नका लागि महायज्ञ संचालन

Image

अछाम – अछाममा कृषि बाली विज्ञान संचालन गर्नका लागि महायज्ञ संचालन गरिएको छ । साँफेबगर नगरपालिका–३ मा रहेको प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक माविले कृषि बाली विज्ञान (स्नातक तह) को पढाइ सञ्चालनका लागि महायज्ञको आयोजना गरेको हो ।

महायज्ञको बुधबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन । श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञबाट संकलित रकममार्फत विद्यालयमा पढाइ सञ्चालन गरिने विद्यालयका प्रद्यानाध्यापक जोगराज कुँवरले जानकारी दिए ।

attariya hospital

उनले भने, ‘यो पढाइ महंगो छ, जिल्ला बाहिर बसेर पढ्दा झनै महंगो हुन्छ, त्यसैले आफ्नै घर आँगनमा कृषि बाली विज्ञानको स्नातक तहको पढाइ सुरु भयो भने विद्यार्थी अभिभावकलाई ठुलो राहत हुनेछ ।’

navjiwan hospital

समाजमा सकारात्मक ज्ञानका साथै विद्यालयप्रति अभिभावकको पनि अपनत्व महसुस गराउन पनि महायज्ञ आयोजना गरिएको उनले बताए ।
महायज्ञ मार्फत जिल्लाको शिक्षाको क्षेत्रमा एउटामा इँटा थप्ने कामको सुरुवात भएको भन्दै यहाँका विद्यार्थीहरूको स्नातक तह कृषि बाली विज्ञान पढ्नका लागि बाहिर जाने बाध्यताको अन्त्य हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुँवरले बताए ।

यहाँका विद्यार्थीहरूको कृषि बाली विज्ञानमा स्नातक तह पढ्ने तीव्र इच्छाका कारण पनि विद्यालयले पढाइ सञ्चालनको जमर्को गरेको उनले बताए ।

महायज्ञ समापनपछि विद्यालयको प्रांगण भित्र रहेको त्रिपुरा सुन्दरी माताको मन्दिरमा चैते दशैंमा राँगा बोकाको बली दिन नपाउने, पूजा पाठ मात्र गर्न पाउने निर्णय भएको अध्यक्ष कुँवरले जानकारी दिए ।

महायज्ञमा युवा कथा वाचक बाल योगेश्वर श्री विजयमुर्तिजीबाट कथा वाचन हुने आयोजकले जनाएको छ । महायज्ञ चैत १४ गतेसम्म सञ्चालन हुने छ । विद्यालयमा हाल कृषि बाली विज्ञानको कक्षा ११ र १२ को पढाइ हुँदै आएको छ ।