खाेज्नुहाेस

चेतनाको न्यायका लागि धनगढीमा भइरहेको आन्दोलनमा ८ विद्यार्थी संगठनको ऐक्केवद्धता

Image

अत्तरिया – बिहिबार धनगढीमा ग्रेडरले कुल्चिएर मृत्यु भएकी चेतना साउदको न्यायका लागि भइरहेको आन्दोलमा ८ विद्यार्थी संगठनले ऐक्केवद्धता जनाएका छन ।

उनीहरुले शुक्रबार एक विज्ञप्ती जारी गर्दै चेतनाको न्यायको निम्ति भइरहेको आन्दोलमा प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको घोर निन्दा र भत्सना गरेका छन ।

attariya hospital

विद्यार्थी संगठनहरुले आन्दोलनमा गिरफ्तार गरिएकाहरुलाई रिहा गरी निर्माण कम्पनी कालिका कन्सट्रक्सनको ग्रेडर चालकलाई कडा कारवाही गरी मृतका परिवारलाई यथासिघ्र क्षेतिपुर्तिको व्यवस्था गर्न माग गरेका छन ।

navjiwan hospital

ज्ञापन पत्रमा भनीएको छ ‘निषेधाज्ञाको नाममा जिल्ला प्रशासन कार्यालयले बल प्रयोग गरी विद्यार्थीहरु माथि अश्रूग्यास प्रहार गर्ने, धरपकड गर्ने, दमन गर्ने कार्य बन्द गरी चेतनाको न्यायको लागि समाधान खोज्न अनुरोध गरिन्छ । अन्यथा उत्पन्न परिस्थितिको जवाफ जिल्ला प्रशासन कार्यालय हुनेछ ।’

ज्ञापन पत्रमा नेवि संघका निवर्तमान सहमहामन्त्री अच्युत कलौनी, अनेरास्ववियुका सुप अध्यक्ष मनोज राई, अखिल क्रान्तिकारीका सुप अध्यक्ष दिपक कुमार डिसी, अखिल (क्रान्तिकारी) सुप इन्चार्ज बबरजंङ सिह, अखिल (क्रान्तिकारी), सुप संयोजक पुष्कर जोशी, अखिल (क्रान्तिकारी) सुप इन्चार्ज सुरेन्द्र धानुक, अखिल (छठौं) सुप अध्यक्ष टंक अवस्थी र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन सुप सतिति संयोजक द्रोणाचार्य अवस्थीले हस्ताक्षर गरेका छन ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर भइरहेको विद्यार्थीको प्रदर्शनलाई रोक्न प्रहरीले दमन गरेको भन्दै चर्को बिरोध भएको छ । ग्रेडरको ठक्करबाट सामान्य घाइते भएकी चेतनालाई चालकले ग्रेडर ब्याक गरेर किचेको भन्दै विद्यार्थी आक्रोशित छन ।

उनीहरुले चेतनाको न्यायका लागि सडक संघर्ष गरिरहेका भएपनि प्रहरीले विद्यार्थी माथि दमन गरेको भन्दै बिरोध हुन थालेको हो ।