खाेज्नुहाेस

एकता प्रगतीशिल उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट पुरस्कृत

Image

अत्तरिया – कैलालीमा रहेको एकता प्रगतीशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार – २०७८ बाट पुरस्कृत भएको छ ।

राष्ट्रिय सहकारी महासंघले ६५औ सहकारी दिवशका अवसरमा जिल्लाको गोदावरी नगरपालिका – ८ जमुनानगरमा रहेको उक्त सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७८ बाट पुरस्कृत गरेको हो ।

attariya hospital
navjiwan hospital

महासंघले ६५औ सहकारी दिवशका अवसरमा विभिन्न विद्याका पुरस्कारहरु घोषणा गरेको थियो । सोही अनुसार बचत तथा ऋणको माध्यमबाट वित्तिय सेवा प्रवाह गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याएको भन्दै सहकारीलाई सम्मानित गरिएको संस्थाका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले बताए ।

उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी संस्थालाई पुरस्कृत गरिएको बताए । उनका अनुसार सहकारीलाई नगद रु. २५ हजारका साथै प्रमाणपत्र पनि प्रदान गरिएको छ । उक्त पुरस्कार देशका सात वटै प्रदेशका ७ वटा सहकारीहरुलाई प्रदान गरिएको थियो ।