खाेज्नुहाेस

अत्तरियामा आफू बस्ने कोठामै लागू औषधको कारोबार गर्ने बुवा छोरी पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट आफू बस्दै आएको कोठामा लागू औषधको कारोबार गर्ने बुवा छोरी सहित ३ जना पक्राउ परेका छन् । आइतबार बिहान गोदावरी नगरपालिका – २ अत्तरियामा धर्मराज भट्टले लागू औषधको खैरो हेरोइनको विक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन ।

navjiwan hospital

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ४३ वर्षीय धर्मानन्द भट्ट, उनकी १७ वर्षीया छोरी अस्मिता भट्ट र गोदावरी नगरपालिका–२ का ४४ वर्षीय गोपाल तिमिल्सेना रहेका छन् ।

attariya hospital

उनीहरूको साथबाट २० ग्राम २४० मिलिग्राम हेरोइनजस्तो धुलो पदार्थ बरामद गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले बताए ।

उनीहरूलाई लागू औषध सेवन गरी राखेको र लागू औषध लुकाएर राखेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।