कञ्चनपुर – लागू औषध सहित कञ्चनपुरको भीमदत्त नगरपालिकाकी वडासदस्य रुपा जैरु पक्राउ परेकी छिन्।

आइतवार भीमदत्त नगरपालिका– १८ कटान स्थित लागू औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरा मन्दिर टोल बस्ने भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रुपालाई पक्राउ गरेको हो।

उनको साथबाट दाहीने कोखीमुनी कालो प्लाष्टिकको पोकामा लुकाइ राखेको प्रोमेथोजिन हाइड्रोक्लोराइड इंजेक्शन १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड इन्जेक्शन १५ एम्पुल गरी ३० एम्पुल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अिधकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादर रावतले जानकारी दिए। जैरुमाथि आवश्यक अनुसन्धान भईरहेको रावतले बताए।












