खाेज्नुहाेस

धनगढीको बहिरा आवासीय विद्यालयलाई इलेक्ट्रोनिक्स सामग्री सहयोग

Image

धनगढी – इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन नेपाल कैलालीले धनगढीको एक विद्यालयलाई इलेक्ट्रोनिक्स सामग्री हस्तान्तरण सहयोग गरेको छ ।

navjiwan hospital

इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन नेपाल कैलालीले धनगढी उपमहानगरपालिका – ११ बेलागाउँस्थित दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालयका आवासीय विद्यार्थीहरूलाई गर्मीबाट राहत पुग्ने उद्देश्यले विभिन्न इलेक्ट्रोनिक्स सामग्री सहयोग गरेको हो ।

attariya hospital

विद्यालयका विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन कैलालीले ६ वटा कुलर, ९ वटा पंखा तथा चिसो पानीको व्यवस्था गर्न कूलिङ्ग पाट उपलब्ध गराएको जनाएको छ । सहयोग कार्यक्रममा इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन कैलालीका सदस्य तथा दाताहरूको उल्लेखनीय योगदान रहेको थियो ।

विद्यालय व्यवस्थापन तथा विद्यार्थीहरूको तर्फबाट सहयोग गर्ने सम्पूर्ण इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसनका सदस्य तथा दाताप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।