खाेज्नुहाेस

धनगढीमा इन्डो–नेपाल कराते प्रतियोगिता हुँदै

Image

कैलाली – कैलालीको धनगढीमा खुला १०औँ इन्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी असार १२ र १३ गते धनगढीस्थित कवर्डहलमा सञ्चालन हुने आयोजकले जनाएको छ।

नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश र राष्ट्रिय गोजुरियो कराते–दो संघ नेपालको संयुक्त आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ।

attariya hospital
navjiwan hospital

नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश चन्दका अनुसार नेपाल र भारतका विभिन्न प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। उनका अनुसार प्रतियोगितामा दुवै देशका ३०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा विभिन्न तौल समूहमा ५२ स्वर्ण, ५२ रजत तथा १०४ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। असार १२ गते उद्घाटन कार्यक्रम सम्पन्न भएपछि प्रतियोगिता औपचारिक रूपमा सुरु हुने जनाइएको छ।

यसअघि पनि धनगढीमा इन्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुँदै आएको थियो।