खाेज्नुहाेस

गोदावरी– ९ का ३०० परिवारलाई किटनाशक झुल वितरण

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ९ सेहरीका ३०० परिवारलाई किटनाशक झुल वितरण गरिएको छ । महिला लघुवित्त वित्तिय संस्था लि. सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र अत्तरिया शाखासँगको समन्वयमा महिला अधिकार तथा विकास केन्द्रले लघुवित्तमा आवद्ध सदस्य र गैर सदस्य गरी ३०० परिवारलाई किटनाशक झुल वितरण गरेको हो ।

navjiwan hospital

झुल वितरणका लागि लक्ष्मी सनराईज बैंक, सानिमा बैंक र फस्ट माईक्रोफाईनान्स लघुबित्त बित्तीय संस्था लि.ले आर्थिक सहयोग गरेका थिए । आईतबार एक औपचारीक कार्यक्रमका बिच सो झुलहरु वितरण गरिएका थिए । केन्द्रकी अध्यक्ष तुल्सी थापाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– ९ का वडाध्यक्ष रामलाल राना रहेका थिए ।

attariya hospital

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत झुल वितरण गरिएको लघुवित्त संस्थाले जनाएको छ । लघुवित्त संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख प्रकाश बहादुर चन्दले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन कल्पना बुढाले गरेकी थिईन ।