खाेज्नुहाेस

अत्तरियामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८५औ शाखाको उद्घाटन

Image

अत्तरिया – कैलालीको अत्तरियामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच ८५औ शाखाका रुपमा गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया बजारमा बैंकको शाखा कार्यालय उद्घाटन गरिएको हो ।

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले शाखाको उद्घाटन गरे । बैंकका अध्यक्ष थानेश्वर पौडेलको सभापतित्वमा आयोजित शाखा कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख भट्ट रहेका थिए ।

attariya hospital

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले बैंकले ऋणको सुरक्षालाई ध्यानमा राखी आवश्यक परेका ऋण लिन चाहने व्यक्तिहरुलाई ऋण दिनुपर्ने बताए । बैंक खुल्नु नगरका लागी राम्रा पक्ष भएको बताउदै उनले बैंकले रकम जम्मा गर्ने र ऋण दिने मात्रै नभई बचतको सुरक्षा गर्ने, सामाजिक उत्तरदायीत्व बहन गर्ने लगायतका कार्यहरु पनि गर्दै आएका बताए ।

navjiwan hospital

कार्यक्रममा उपप्रमुख शारदा रोकाया, नगरप्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि तथा व्यवसायीहरुको सहभागीता रहेको थियो ।

बैंकको अधिकृत पुँजी ५ अर्ब र चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको छ ।