खाेज्नुहाेस

कैलालीमा जवरजस्ती करणीको आरोपमा युवक पक्राउ

Image
सांकेतिक फोटो
navjiwan hospital

अत्तरिया – कैलालीमा प्रहरीले जवरजस्ती करणीको आरोपमा युवक पक्राउ गरेको छ । आइतबार १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जोशीपुर गाउँपालिका – १ राजीपुरका २६ वर्षीय मिलन साउँद पक्राउ परेका हुन ।

साउँदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

attariya hospital