खाेज्नुहाेस

गोदावरीमा उद्योग विकास शाखा खोल्न पहल गर्ने निर्णय

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा उद्योग विकास शाखा खोल्न पहल गर्ने निर्णय भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत गोदावरी नगरपालिकाको आयोजनामा बजार र बजारीकरणका लागि लघु उद्यमी, उद्योगी, व्यवसायी बिच अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो निर्णय गरेका हुन ।

उक्त छलफलको निष्कर्षको रुपमा यस क्षेत्रमा स्थापना भएका उद्योग व्यवसायलाई निरन्तरता दिनका लागि गोदावरी नगरपालिकाको कार्यालय भित्र उद्योग विकास शाखा स्थापना गर्नका लागि पहल गर्ने निर्णय भएको गोदावरी नगरपालिकाका उद्यम विकास सहजकर्ता नरेश साउँदले बताए ।

attariya hospital

उनले धेरैजसो स्थानिय तहहरुमा उद्योग विकास शाखा संचालन आएको भएपनि गोदावरीमा भने हालसम्म सो शाखा संचालन नआउँदा काम गर्न पनि समस्या भएको बताए ।

‘नगरपालिकामा अन्य शाखा छन तर, आर्थिक समृद्धिको मुख्य आधार उद्योगको शाखानै छैन’ उनले भने ‘यसरी नगरपालिकामा उद्योग क्षेत्रको विकास गर्न गाह्रो छ ।’

navjiwan hospital

गोदावरीमा हाल मेडपा मार्फत उद्यम क्षेत्रको विकासका लागि बिभिन्न कार्यक्रम संचालन हुँदै आएका छन । जसका लागि २ जना करारका कर्मचारी नियुक्त गरिएको भएपनि उनीहरुले नगरपालिकाको आर्थिक विकास शाखामा बसेर काम गर्दै आइरहेका छन । मेडपा मार्फत हाल गोदावरीमा सामाजिक परिचालन, उद्यमशील विकास तालिम, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, वित्तिय पहुच र बजारीकरण गरी ६ चरणमा कार्यक्रम संचालन हुँदै आएको छ ।

सीप विकास तालिम अन्तरगत चप्पल बनाउने, सिलाई कटाई, तरकारी खेती, बंगुर पालन, कुखुरा पालन, साइकल मर्मत ब्युटिपार्लर लगायतका तालिम संचालन गरिएका छन ।

उक्त कार्यक्रम अन्तरगत गत आर्थिक बर्षमा ९० जना र चालु आर्थिक बर्षमा ८५ गरी १७५ जनालाई लघु उद्यमी तालिम दिइएको थियो ।
मेडपाको वित्तिय पहुच र बजारीकरण अन्तरगत गोदावरी नगरपालिका २ का वडा सदस्य डबल साउँदको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्री रहेका थिए ।

कार्यक्रममा उद्योगीका तर्फबाट अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशी, गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना देवी चोखाल र कृषि उपज थोक बजार समिति अत्तरियाका अध्यक्ष नन्दलाल भट्ट सहभागि रहेका थिए भने लघु उद्यमीका तर्फबाट मेडपाको कार्यक्रममा आवद्ध १५ वटा समूहका उद्यमीहरुको सहभागिता रहेको थियो ।

उद्यम विकास सहजकर्ता नरेश साउँद संचालन गरेको कार्यक्रमका बारेमा उद्यम विकास सहजकर्ता दिपेन्द्र ओली जानकारी दिएका थिए ।