खाेज्नुहाेस

कैलाली उद्योग वाणिज्य संघको चुनावमा दुई प्यानल, उपाध्यक्षमा अत्तरियाका लम्सालको उम्मेदवारी

Image

अत्तरिया – जेठ २८ गते हुन गैरहेको कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि दुई छुट्टाछुट्टै प्यानल सहित चुनावी मैदानमा होमिएका छन् । वर्तमान अध्यक्ष पुष्पराज कुँवरको नेतृत्व र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल बनाएर मनोनयन दर्ता भएका छ ।

कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

attariya hospital

यसैबिच उद्योग उपाध्यक्षमा अत्तरियाका व्यवसायी दिनेश लम्सालले उम्मेदवारी दिएका छन ।

पुष्पराज कुँवर प्यानलमा

navjiwan hospital

अध्यक्ष – पुष्पराज कुँवर
वरिष्ठ उपाध्यक्ष – पुष्कर राज ओझा
एसोसिएट उपाध्यक्ष – मनोज अग्रवाल
उद्योग उपाध्यक्ष – दिनेश लम्साल
बाणिज्य उपाध्यक्ष – गगनराज केसी
वस्तुगत उपाध्यक्ष – लक्ष्मण पन्त
महासचिव – ओम बिष्ट

कोषाध्यक्ष – भिष्मराज ओझा (अबु)

सचिव – सुरेश पाण्डेय सुरेन्द्र

राठी प्यानलमा

अध्यक्ष – सुरेन्द्र राठी
वरिष्ठ उपाध्यक्ष – हरिशंकर ठाकुर
एसोसिएट उपाध्यक्ष – प्रकाशचन्द्र भट्ट
उद्योग उपाध्यक्ष – घनश्याम चौधरी
बाणिज्य उपाध्यक्ष – केशव जोशी
वस्तुगत उपाध्यक्ष – केशव पाण्डेय
महासचिव – सिद्धराज पनेरू
कोषाध्यक्ष – रंजन शर्मा
सचिव – महेन्द्रबहादुर सिंह